अछाम घटना: प्रेम सम्बन्धबाट सुरु भएको दोहोरो ह’त्या
- माघ १९, २०८१ १८:४२ मा प्रकाशित
अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ह’त्या भएको खुलेको छ।माघ ११ गते गोठालो गएका दुवै किशोरी बेपत्ता भई भोलिपल्ट मृत फेला परेका थिए। प्रहरी अनुसन्धानअनुसार, ढकारी-८ पल्साताकी किशोरीहरू टेलिफोनमा प्रेम सम्बन्ध रहेका ढकारी-३ तालीका दुई किशोरसँग भेट्न जंगल गएका थिए।भेटमा एक किशोरले सरस्वतीलाई प्रेम प्रस्ताव राखे। अस्वीकार गरेपछि उनले यौन प्रस्ताव राखेर जबर्दस्त गर्न खोज्दा उनले प्रतिवाद गरिन्, जसका कारण ढुं’गा प्र’हार गरी ह’त्या गरियो। ह’त्या लुकाउन भीरबाट ढुंगा खसालिएको थियो।यसैबीच, इशराले सरस्वतीको ह’त्या देखेपछि गाउँमा खबर गर्ने बताइन्। डरले दुवै किशोरले मिलेर उनको पनि ह’त्या गरे। घटनालाई भवितव्य देखाउन शवमाथि ढुंगा खसालिएको थियो।घटनाको अनुसन्धानमा संलग्न प्रहरी टोलीले तीन जनालाई संकास्पद रूपमा पक्राउ गर्यो। १० वर्षीय बालक सरकारी साक्षी राखिँदा दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments