
अछाम घटना: प्रेम सम्बन्धबाट सुरु भएको दोहोरो ह’त्या
- माघ १९, २०८१ १८:४२ मा प्रकाशित

अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ह’त्या भएको खुलेको छ।माघ ११ गते गोठालो गएका दुवै किशोरी बेपत्ता भई भोलिपल्ट मृत फेला परेका थिए। प्रहरी अनुसन्धानअनुसार, ढकारी-८ पल्साताकी किशोरीहरू टेलिफोनमा प्रेम सम्बन्ध रहेका ढकारी-३ तालीका दुई किशोरसँग भेट्न जंगल गएका थिए।भेटमा एक किशोरले सरस्वतीलाई प्रेम प्रस्ताव राखे। अस्वीकार गरेपछि उनले यौन प्रस्ताव राखेर जबर्दस्त गर्न खोज्दा उनले प्रतिवाद गरिन्, जसका कारण ढुं’गा प्र’हार गरी ह’त्या गरियो। ह’त्या लुकाउन भीरबाट ढुंगा खसालिएको थियो।यसैबीच, इशराले सरस्वतीको ह’त्या देखेपछि गाउँमा खबर गर्ने बताइन्। डरले दुवै किशोरले मिलेर उनको पनि ह’त्या गरे। घटनालाई भवितव्य देखाउन शवमाथि ढुंगा खसालिएको थियो।घटनाको अनुसन्धानमा संलग्न प्रहरी टोलीले तीन जनालाई संकास्पद रूपमा पक्राउ गर्यो। १० वर्षीय बालक सरकारी साक्षी राखिँदा दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments