सवारी साधनको प्रदूषण जाँच: काठमाण्डौ महानगरको पहल
- माघ ४, २०८१ ११:२१ मा प्रकाशित
टेक बहादुर खत्री; काठमाण्डौ महानगरपालिकाले सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण र वातावरण सुधारका लागि सक्रिय कदम चालेको छ । महानगरका मेयरको फेसबुक पेजमा प्रकाशित जानकारी अनुसार, सवारी साधनहरूको मर्मत र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधनहरूको प्रदूषण जाँच गर्दै आएको छ । वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरिएको छ ।
मापदण्ड अनुसार सवारी साधनहरूको प्रदूषणको सीमा निम्नानुसार निर्धारण गरिएको छः
१. पेट्रोल सवारी साधनसन् १९८० सम्मका सवारी: कार्बन मोनोक्साइड अधिकतम ४.५% (वाइ भोल्युम)
सन् १९८१ पछिका सवारी: कार्बन मोनोक्साइड अधिकतम ३% (वाइ भोल्युम)
२. तीन पाङ्ग्रे सवारी साधनसन् १९९१ सम्मका: कार्बन मोनोक्साइड अधिकतम ४.५%
३. दुई पाङ्ग्रे सवारी साधनकार्बन मोनोक्साइड अधिकतम ४.५%
४. डिजल सवारी साधनसन् १९९४ सम्मका: धुवाँको घनत्व अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु)
सन् १९९५ पछिका: धुवाँको घनत्व अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु)
जाँचका क्रममा यी तोकिएका सीमा भन्दा माथि देखिएमा सवारी साधनलाई प्रदूषण मापदण्ड विपरीत मानिनेछ।महानगरपालिकाले नागरिकहरूलाई आफ्ना सवारी साधनहरूको नियमित मर्मत तथा प्रदूषण नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ। वातावरणीय सुधार र स्वच्छ हावाका लागि यो कदम महत्वपूर्ण रहेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments