•  २३ असार २०८२, सोमबार

एक आमाको जीवन बचाउन सबै नेपाली दाजुभाइ-दिदीबहिनीहरूसँग मर्मस्पर्शी अपिल

- असार २३, २०८२ १५:११ मा प्रकाशित


💔 ब्रेन ट्युमरले थला परेकी समित्रा मगरलाई तपाईंको सानो सहयोगले उहाँको जीवन फेरिन सक्छ!

सोलुखुम्बु टाप्टीङ चैलुङ घर भई हाल काठमाडौँको न्युरो अस्पतालमा जीवन-मरणको संघर्ष गर्दै हुनुहुन्छ — ३६ वर्षीया समित्रा मगर। ब्रेन ट्युमरले उहाँको जीवन अन्धकारमय बनाइदिएको छ। अपरेसन भइसकेको छ, तर अझै पनि महँगो औषधि, सिटीस्क्यान, र उपचार खर्चले उहाँको परिवारलाई च्यापिरहेको छ।

👨‍👩‍👧‍👦 उहाँका तीन जना साना छोराछोरी आमाको काख खोजिरहेका छन्।
✈️ श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ, तर आम्दानी उपचारको खर्च टार्न मुस्किल छ।
👵 अहिले समित्राको रेखदेख उहाँका बुबा र नन्द बिपना मगरले गर्दै आउनुभएको छ — आँखाभरि आँसु र मनभरि आशा बोकेर।

डाक्टरहरूले भन्नुभएको छ — १०–१२ लाख रुपैयाँ अझै आवश्यक पर्छ।
तर… परिवारसँग त्यो पैसा छैन।
अनि त्यसैले… हामी सबै नेपाली दाजुभाइ-दिदीबहिनीहरूसँग नम्र अनुरोध गर्न चाहन्छौं –
👉 कृपया, तपाईंको सामर्थ्य अनुसार केही सहयोग गरिदिनुहोस्।
💳 सहयोग पठाउने विवरण:
खाताधनीको नाम: बिपना मगर
बैंक: लक्ष्मी सनराइज बैंक
खाता नम्बर: 10445003182
फोन: बिपना मगर – 9766909029
🧾 तपाईंले पठाउनुभएको सहयोगको स्क्रिनसट र आफ्नो फोटो हामीलाई WhatsApp नम्बर 9852840235 मा पठाउन सक्नुहुन्छ।
सोलुदुधकुण्ड अन्लाईन द्वरा संचलित RKT YouTube Channel को फेसबुक पेजमार्फत सहयोगी मनहरूको नाम, फोटो र योगदान सार्वजनिक गरिनेछ।
🕊 “तपाईंको एक थोपा सहयोग, जीवनको एउटा सागर बन्न सक्छ।”

👩‍🍼 आमाले फेरि आफ्ना छोराछोरीलाई काखमा खेलाउन पाऊन् भनेर हामी सबै मिलौं।
🫶 आशाको उज्यालो एकसाथ फैलाऔं।
🙏 “हामी सँगै हुँदा चमत्कार सम्भव हुन्छ। आजै साथ दिऔं।”

Comments

सम्बन्धित खवर