•  २२ असार २०८२, आईतवार

खोटाङ एसईई: समग्र नतिजा निराशाजनक, दिक्तेल बोर्डिङको प्रदर्शन चम्किलो

- असार १५, २०८२ १९:३७ मा प्रकाशित


खोटाङ: राष्ट्रिय परीक्षा बोर्डले असार १३ मा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा खोटाङ जिल्लाका लागि खासै उत्साहजनक रहेन । जिल्लाभरका २ हजार ६५८ परीक्षार्थीमध्ये ५४.९६ प्रतिशत अर्थात् १ हजार ४६१ जना मात्र उत्तीर्ण भएका छन्, जसले समग्र शैक्षिक अवस्थामा चिन्ता थपेको छ ।

यसैबीच, दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयले भने आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ । विद्यालयका विद्यार्थी एलिहाङ राईले ३.८५ GPA ल्याएर जिल्ला टप भएका छन् । सोही विद्यालयकी अनुषा दाहाल र एलिना कार्कीले पनि समान ३.८४ GPA हासिल गर्दै उत्कृष्ट नतिजा ल्याएका छन् ।

विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठका अनुसार, दिक्तेल बोर्डिङबाट एसईई दिएका ४५ जना विद्यार्थीमध्ये ४० जनाले ३.६ भन्दा माथि र बाँकी ५ जनाले ३.२ भन्दा माथि ग्रेड ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थबहादुर बिकले जिल्लाभरका विद्यालयमध्ये दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयले नै सबैभन्दा उच्च GPA ल्याएको पुष्टि गरे । यसले जिल्लाको निराशाजनक नतिजाका बाबजुद दिक्तेल बोर्डिङले शैक्षिक उत्कृष्टतामा आफूलाई अब्बल साबित गरेको छ ।

Comments

सम्बन्धित खवर