•  १४ असार २०८२, शनिबार

सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।

- असार १३, २०८२ १५:४१ मा प्रकाशित


सोलुखुम्बु, असार १३
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी आर्थिक वर्ष ०८२/८३ को असार १३ गते भित्र बालमैत्री वडा घोषणा गरिने भएको छ । आज बुधबार वडा कार्यालयमा भएको बालमैत्री स्थानीय शासन वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

बालमैत्री वडा घोषणा हुनलाई ५१ वटा सुचकहरु पुरा गर्नु पर्ने र आगामी वर्षको असार १३ गतेभित्र सम्पूर्ण सुचकहरु पुरा गरेर बालमैत्री वडा घोषणा गरिने वडा अध्यक्ष होम बहादुर मगरले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा सहभागी भएकाहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका छन् । ११ वटा नगरपालिका रहेको वडामा गत जेठ २९ गते सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्मालाई जिल्ला कै पहिलो बालमैत्री वडा घोषणा गरी सकिएको छ ।
अभिमुखिकरण कार्यक्रम बालमैत्री अभियान कर्ता बल बहादुर तामाङ र छिरिङ तेन्जी शेर्पाले संचालन गर्नु भएको थियो।

Comments

सम्बन्धित खवर