
असार १५ : आज राष्ट्रिय धानदिवस नेपाल भरी उल्लासपूर्वक मनाईदै।
- असार १५, २०८२ ०६:४८ मा प्रकाशित

सोलुखुम्बु, असार १५
नेपालभर आज असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ वा ‘रोपाइँ दिवस’ का रूपमा उल्लासपूर्वक मनाईदै छ। यो दिन विशेषगरी कृषकहरूले वर्षा र सिँचाइको भरपर्दो समयको सुरुआतको रूपमा लिने गरेका छन्। असार १५ को अवसरमा किसानहरू परम्परागत ढंगले धान रोप्ने, हिलो खेल्ने, लोकगीत गाउने, र दही-चिउरा खाने परम्परा निर्वाह गर्छन्।
धान नेपालको मुख्य खाद्यान्न बाली हो। वर्षातको समयमा रोपाइँ गर्ने परम्परा लामो समयदेखि चलिआएको छ। असार महिनाको मध्य भागमा पर्याप्त वर्षा हुने भएकाले यो समय धान रोपाइँका लागि सबैभन्दा उपयुक्त मानिन्छ। त्यसैले यो दिनलाई कृषिप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा पनि लिइन्छ।
सन् २०६१ सालदेखि नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको अगुवाइमा विभिन्न निकाय र स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवसलाई विशेष बनाउने गरेका छन्।
आज विभिन्न स्थानमा हिलो छ्यापाछ्याप, रमाइलो गीत–संगीत, धान रोप्ने प्रतियोगिता, र कृषि सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिएका छन्। यसले नेपाली कृषिको महत्व झल्काउने मात्र होइन, युवा पुस्तालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न सन्देश दिने उद्देश्य लिएको बताइएको छ।
कृषिविज्ञहरूका अनुसार धान उत्पादनमा आत्मनिर्भर बन्न यस्ता दिवसहरूले सकारात्मक सन्देश दिनने बताएका छन।
असार १५ केवल परम्परा होइन, कृषि जीवनशैलीको अभिन्न हिस्सा हो। वर्षे धान रोपाइँको आरम्भ र किसानहरूको उत्साह एकसाथ देखिने यो दिनले नेपाली समाजमा कृषिको महत्व उजागर गर्दै आएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments