
अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
- जेष्ठ ५, २०८२ २१:२४ मा प्रकाशित

सोलुखुम्बु, २०८२ जेठ ४ –
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० स्थित जनप्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापक घन बहादुर कार्कीको सरुवाको विरोधमा भएको तालाबन्दी खुल्ने भएको छ। अभिभावक र विद्यार्थीहरूले मिति २०८२ जेठ २ गते विद्यालयमा तालाबन्दी गरेका थिए।
नगरपालिकाको नगर शिक्षा समितिको बैठकले २०८२ वैशाख ३० गते कार्कीको सरुवा गर्ने निर्णय गरेपछि आन्दोलन भएको थियो। त्यसको प्रतिवादमा विद्यालयमा ताल्चा लगाएर पठनपाठन अवरुद्ध पारिएको थियो।
आज आइतबार वडा कार्यालयले अभिभावकहरुलाई बोलाई वडा अध्यक्ष होम बहादुर मगरको अध्यक्षतामा अभिभावक र वडा शिक्षा समितिबीच विशेष बैठक बसी बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न सर्तसहित विद्यालय पुनः सञ्चालन गर्ने सहमति जुटेको हो।
सहमति अनुसार:
शिक्षक कार्कीको स्थानमा नयाँ शिक्षक नआएसम्म उनलाई रमाना पत्र दिइने छैन।
तत्कालै विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिहरुको बैठक बसी १० नं. वडा भित्रका अन्य विद्यालयमा समेत आवश्यकतानुसार शिक्षक सरुवाको सिफारिस नगरपालिकामा पेश गरिनेछ।
उक्त निर्णय अनुसार भोलि मिति २०८२ जेठ ५ गते सोमबारदेखि पठनपाठन पुनः नियमित रुपमा सञ्चालन हुने भएको छ। यसै बिचमा वडा अध्यक्ष होम बहादुर मगरले “शिक्षकको अभाव हुन नदिने र गुणस्तरीय शिक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने” भन्दै अभिभावकलाई संयमित रहन अनुरोध गर्नु भएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments