•  २६ बैशाख २०८२, शुक्रबार

दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न

- बैशाख २६, २०८२ २०:३५ मा प्रकाशित


खोटाङ, दिक्तेल — दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा आज विशेष अग्नि नियन्त्रण अभ्यास सम्पन्न भएको छ । दिक्तेल बोर्डिङको विशेष पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनिस यादव र प्र.ज. घनश्याम विकको नेतृत्वमा उक्त अभ्यास सञ्चालन गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष, सम्पूर्ण शिक्षक-शिक्षिका तथा विद्यालयका अङ्शियारहरूको सक्रिय सहभागिता रहेको थियो । अग्नि नियन्त्रणसम्बन्धी आवश्यक सावधानी, सुरक्षाका उपायहरू तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने व्यवहारिक तरिका बारे जानकारी दिइएको थियो ।

विद्यालय प्रशासनका अनुसार यस्ता अभ्यासले विद्यालय समुदायमा विपद् व्यवस्थापनप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

What’s your Reaction?
+1
1
+1
2
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर