
देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्याउँदै सरकार, सुरु भयो विवरण सङ्कलनको कार्य
- चैत्र २८, २०८१ १३:११ मा प्रकाशित

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका गाउँपालिका र नगरालिकाका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै इन्टरनेट सेवा नपुगेका वडाहरूको विवरण सङ्कलन गर्न थालिएको हो ।
“ब्रोडब्यान्ड सेवाको पहुँच नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस तथा भीस्याटमार्फत ब्रोडब्यान्ड सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “यस कार्यक्रमको लागि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरिनेछ ।”
कार्यक्रम सञ्चालनको लागि यसअघि सञ्चालित परियोजनामा छुटेका वा २ वर्षको निःशुल्क समयावधि पश्चात् सेवाको निरन्तरता नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरू यकिन गर्न विवरण सङ्कलन गर्न लागिएको हो ।
तत् पश्चात् सेवा प्रदायक छनोट प्रक्रिया सुरु हुने र ती गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूसम्म ब्रोडब्यान्ड सेवा विस्तार गरिनेछ । डिजिटल रूपान्तरण तथा सूचना प्रविधिको प्रयोगमा सघाउन प्राधिकरणले यो परियोजना अघि सारेको हो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments