नेपाल र थाइल्यान्डबिच आठ समझदारीपत्रमा हस्ताक्षर
- चैत्र १९, २०८१ १७:१७ मा प्रकाशित

काठमाडौँ, चैत २० गते । नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुई वटा र गैरसरकारी पक्षबिच छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुई वटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्यान्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्यान्डका गैरसरकारी क्षेत्रहरूबिच विभिन्न छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् ।
यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्यान्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबिच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा. चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, जनता एग्रो एन्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्यान्डबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्यान्डको व्यापार बोर्डबिचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्ड पर्यटन परिषदबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । रासस

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments