
हलेसीमा निःशुल्क आँखा शिविर
- चैत्र १६, २०८१ १८:५२ मा प्रकाशित
खोटाङ, चैत १७ गते । नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको थियो ।
शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले राससलाई जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो । रासस

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments