इशानेश्वर महादेव मन्दिरमा १७ लाखभन्दा बढी भेटी सङ्कलन
- फाल्गुन १८, २०८१ ०७:३६ मा प्रकाशित

लमजुङ, १८ गते । मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा १७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिरमामा पूजाआज तथा दर्शन गर्न आएका भक्तजनहरुबाट यत्तिका रकम सङ्कलन भएको हो ।
इशानेश्वर महादेव मन्दिरमा शिवरात्रिका बेला हजारौं भक्तजनको भिड लागेको थियो । गण्डकी प्रदेशमै सबैभन्दा धेरै भक्तजनको भीड लाग्ने यस मन्दिरमा ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने, व्रतबन्ध गराउने र अन्य स्वच्छिक दानबाट १७ लाख रुपियाँभन्दा बढि रकम सङ्कलन भएको इशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो ।
मन्दिरमा ठाडो बत्ती बाल्नका लागि पाँचसय रुपियाँ र बसेर बत्ती बाल्नका लागि तीनसय रुपियाँ शुल्क तोकिएको थियो । यसवर्ष पाँचसय बढिले रातभर उभिएर ठाडो बत्ती बालेका थिए भने एकहजार सातसय जनाले बसेर बत्ती बालेका थिए । व्रतबन्धका लागि एक हजार रुपियाँ शुल्क राखिएको थियो । भक्तजनबाट रसिद काटिएको आधारमा सो रकम सङ्कलन भएको र अरु दक्षिणा तथा भेटी रकमको हिसाव गर्न बाँकी रहेकाले आम्दानी थप बढ्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । भक्तजनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनदेखि काठमाडौंबाट पनि ठुलो सङ्ख्यामा भक्तजन आएका थिए ।
“मन्दिर दर्शन र पुजाआज गर्नका लागि गण्डकी प्रदेशका मन्त्रीहरु, सांसदहरु, विभिन्न जिल्लाका पालिकाका जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारीहरु पनि आइपुग्नुभएको थियो”, घिमिरेले भन्नुभयो, “सर्वसाधारण भक्तजनहरुको त ठुलो घुइँचो थियो ।”
समितिले यसवर्ष महाशिवरात्रि पर्वको अवसरमा तीन दिनसम्म मेला आयोजना गरेको थियो । सो अवसरमा शिव महापुराण बाचन, लोकभजन खुला प्रतियोगिता, करापुटारे ठाडोभाका, वडास्तरिय खुला भलिबल प्रतियोगिता, ठेलो प्रतियोगिता, कृषि मेला, रक्तदान कार्यक्रम भएको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments