
दिक्तेल बोर्डिङमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
- फाल्गुन ११, २०८१ २२:४० मा प्रकाशित

फागुन ११, २०८१ दिक्तेल, खोटाङ । दिक्तेल बोर्डिङमा परिवर्तन संघको आयोजना तथा विद्यालयको सहकार्यमा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिवर्तन संघका सदस्यहरूले नृत्य, गायन, र नाटकमार्फत विद्यार्थीहरूलाई लागूपदार्थको हानिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन् । जसमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थी तथा शिक्षकहरू गरी करिब ७०० जना उपस्थित थिए ।
विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले केवल नङ र कपाल पाल्नु मात्र नभई विद्युतीय उपकरणको लतसमेत बढ्दै गएको उल्लेख गर्दै यस्ता कुलतहरूलाई रोक्न आवश्यक रहेको कुरामा जोड दिनुभयो । प्रमुख अतिथि गेह कुमार सैंजूले देवानन्दको फिल्मको उदाहरण दिँदै लागूपदार्थ दुर्व्यसनले कसरी व्यक्ति तथा परिवारलाई असर पार्छ भन्ने विषयमा विद्यार्थीहरूलाई महत्त्वपूर्ण सन्देश दिनुभयो । परिवर्तन संघका केन्द्रीय अध्यक्ष ओसन राईले आफ्ना अनुभवहरू सुनाउँदा उपस्थित विद्यार्थी तथा शिक्षकहरूको आँखा रसाएका थिए ।
कार्यक्रममा परिवर्तन संघले ‘Fight for yourself against drugs’ नाराका साथ युवाहरूलाई कुलतबाट जोगाउने सन्देश दिएको थियो । यस सचेतनामूलक कार्यक्रमलाई विद्यालयले पनि समर्थन गर्नुका साथै सहयोगस्वरूप परिवर्तन संघलाई रु. १०,००० प्रदान गरेको छ ।
परिवर्तन संघले यस्ता जनचेतनामूलक कार्यक्रमहरू विभिन्न विद्यालय तथा समुदायमा निरन्तर सञ्चालन गर्दै आइरहेको छ । विशेष गरी युवाहरूलाई लागूपदार्थ दुर्व्यसनको असरबारे सचेत गराउँदै उनीहरूलाई सही मार्ग अपनाउन प्रेरित गरिरहेको छ । यस प्रेरणादायी कार्यक्रमले विद्यार्थीहरूलाई जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ ।









सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments