
सोलुखुम्बुमा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
- फाल्गुन ५, २०८१ १५:१० मा प्रकाशित

सोलुखुम्बु, फागुन ५ – गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका–९, गोराखानीमा पहिरोमा परि ज्यान गुमाउने रिना तामाङको परिवारलाई विभिन्न समाजसेवीहरूबाट आर्थिक सहयोग प्रदान गरिएको छ।
सोलुदुधकुण्ड नगरपालिका–१० का हाल पोर्चुगलमा बसोबास गर्नुहुने समाजसेवी श्री आङ ङिमा शेर्पा (गोर्जा) बाट रु २०,०००/- र सोही वडाका हाल अमेरिका (USA) मा बसोबास गर्नुहुने समाजसेवी श्री पेमा शेर्पा (सालाका) बाट रु २०,०००/- गरि जम्मा रु ४०,०००/- आर्थिक सहयोग उपलब्ध गराइएको हो।
उक्त सहयोग रकम आज सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री होम बहादुर मगरज्यूले रिना तामाङको परिवारलाई हस्तान्तरण गर्नुभयो।
समाजसेवीहरू आङ ङिमा शेर्पा र पेमा शेर्पाले प्राकृतिक विपत्तिको घडीमा पीडित परिवारलाई केही हदसम्म राहत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बताउनुभएको छ।
यस किसिमको सहयोगले पीडित परिवारलाई राहत मिल्ने विश्वास लिइएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments