•  २१ चैत्र २०८१, शुक्रबार

सपनाको कथा – भाग ७

- माघ २९, २०८१ ०९:०३ मा प्रकाशित


२०८१ मंसिर २२ गतेको कुरा हो । एउटा मध्यम बुद्धि भएको केटा, नाम तिलक, बिहान विद्यालय जान घरबाट निस्क्यो । चिसो मौसम, कुहिरो लागेको बाटो हुँदै उसले आफ्नो विद्यालयको यात्रा गरिरहेको थियो । बाटोमा एकजना अपरिचित मानिसले उसलाई एउटा सुन्तला दिएर मुस्काउँदै भन्यो, “लिउ, खाँदै जाऊ, ।” तिलकले धन्यवाद दिएर सुन्तला बोक्यो तर खाएन ।

त्यो दिन बेलुकासम्म तिलकको शरीर कमजोर महसुस हुन थाल्यो । रात पर्नासाथ उसलाई ज्वरो आयो, शरीर तातो, टाउको दुख्ने, र खोकीले सताउन थाल्यो । पढाइको सिलसिलामा अर्को जिल्लामा पुगेको हुँदा, र कोठा भाडामा एक्लै बस्ने भएकाले उसलाई पानी दिने मान्छेसमेत थिएन । कोठामा बेस्सरी बिरामी भएर पल्टिरहेको बेलामा बिचल्ली अवस्थामा पुग्यो ।

अर्को दिन बिहान छिमेकीले तिलकको ढोका थिचे तर प्रतिक्रिया नपाएपछि उनीहरू ढोका फोरेर भित्र पसे । तिलक अचेत अवस्थामा फेला पर्‍यो । छिमेकीहरूले उनलाई नजिकैको अस्पताल पुर्याए । डाक्टरहरूले निकै प्रयास गरे, औषधि दिए, स्लाइन चढाए, तर पनि हालत उस्तै रह्यो । तिलक लामो समयसम्म अस्पतालको शैयामा बेस्सरी बिरामी भएर थलिए । अन्ततः धेरै दिनको संघर्षपछि डाक्टरहरूले तिलकलाई बचाउन सकेनन् । उनको मृत्यु भएको घोषणा गरियो ।

तर, अचानक तिलकले बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनेजस्तो भयो । झसङ्ग बिउँझिँदा, उसले आफू आफ्नै कोठाको खाटमा देख्यो । सबै कुरा सामान्य थियो । बिहानको उज्यालो झुल्किसकेको थियो । ढोका ढकढक्याउने आवाज फेरि आयो । तिलक जुरुक्क उठ्यो, सबै कुरा सपना मात्रै भएको महसुस गर्यो । राहतको सास फेर्‍यो र नित्यकर्म गर्न थाल्यो।

तिलकले त्यो दिन बाटोमा दिएको सुन्तला नखाएको भए ठीक हुने महसुस गर्यो । सपनाले उसलाई जीवनको मूल्य बुझायो, र स्वास्थ्यको ख्याल राख्नुपर्छ भन्ने पाठ सिकायो ।

लेखकः टेक बहादुर खत्री

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर