
ब्यक्तिगत लगानीमा निर्माण गरि सरस्वतीको मन्दीर उपहार ।
- माघ २२, २०८१ १६:४३ मा प्रकाशित

बिद्याकी देवी सरस्वतीको मन्दिरको निर्माणको लागि सोलुदुधकुण्ड नगरपालिका वाडा नं. ९ गोराखानी निवासी लालधन थापा मगरको श्रीमती हुम कुमारी थापा मगरले ब्यक्तिगत लगानीमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० को सिसाखोला आधारभुत विद्यालयमा सरस्वतीको मन्दीर निर्माण गरि हिजो वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको दिन विद्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गर्नु भएको छ।
मन्दीरको बिधिवत रुपमा सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० का वडा अध्यक्ष होम बहादुर मगरले उद्घाटन गर्नु भएको थियो।
मन्दीर निर्माण र सरस्वतीको मुर्ति खरिद समेत गरेर जम्मा २,५०,०००/- (दुईलाख पचास हजार) ब्यात्तिगत लगानीमा निर्माण सम्पन्न भएको हो।
ब्यक्तिगत लगानी गरि विद्यालय मन्दिर हस्तान्तरण गर्दा विद्यालय परिवार गाउँले र विद्यार्थीहरु खुशी हुनुको साथै दातालाई धन्यवाद प्रदान गरेका छन।
कक्षा १ देखि ८ सम्म पठनपाठन हुने सो विद्यालयमा 60 जना विद्यार्थी अध्ययनरत रहेका छन भने सोलुदुकुण्ड नगरपालिका वडा नं. ८,९ र १० को कक्षा १० को SEE परिक्षा समेत यसै विद्यालयमा हुने गरेको वडा अध्यक्ष होम बहादुर मगरले सोलुदुधकुण्ड अन्लाईनलाई जान्कारी दिनु भएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments