खोटाङबाट काठमान्डौँ जादैँ गरेको सुमो दुर्घटना हुँदा ३ जनाको घट्नस्थलमै मृ*त्यु
- माघ १७, २०८१ ११:२१ मा प्रकाशित

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाण्डौ जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थमा भेटिएको थियो ।दुर्घटनामा ५६ वषीर्या माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षिय पुजन गुरुङ र उहाँकै बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाणडौ जाँदै गरेको थियो । राती नै दुर्घटना भएको हुनसक्ने स्थानियबासीले जनाएका छन् । विहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थमा स्थानियले भेटेर प्रहरीलाई जनकारी दिएका थिए ।चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार अवस्थामा रहेको जानाइएकाे छ ।बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाण्डौ लिएर हिँडेका थिए । दुर्घनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालक सहित ४ जना मात्रै सवार थिए । घट्नाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । घटनाको विषयमा थप खोजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाकारी दिएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments