
लमजुङमा ट्याक्टर दुर्घटना
- माघ १५, २०८१ २०:४० मा प्रकाशित

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जंगलको कच्ची सडकमा ट्याक्टर दुघर्टना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो । कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर दुघर्टना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उनले दुर्घटनास्थल जंगल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भइनसकेको बताए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments