बिर्सिने रोग ‘अल्जाइमर’ महिलालाई किन बढी देखिन्छ ?
- माघ ११, २०८१ २१:१३ मा प्रकाशित

कतिपय वृद्धको व्यवहार बच्चाको जस्तै हुन्छन् । उनीहरुलाई पहिलेका कुरा मात्र होइन । दैनिक भइरहेको गतिविधिबारे पनि पत्तो हुँदैन । यस्तो अवस्थालाई बुढेसकाल लागेको भनेर भन्ने गरिन्छ ।के यो बुढेसकालको संकेत मात्र हो ? यस्तो किन हुन्छ ?विज्ञानले यस्तो समस्यालाई ‘अल्जाइमर’ नाम दिएको छ । अल्जाइमर एक गम्भीर स्नायु रोग हो। जसले विस्तारै व्यक्तिको स्मरण शक्ति, सोच्ने क्षमता र साधारण कार्यहरू गर्ने क्षमतालाई नष्ट पार्दै लान्छ । मुख्यत: यो समस्याले ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई असर गर्छ ।महिला र पुरुष दुवैमा देखिने भए पनि सबैभन्दा बढी यो समस्याले महिलालाई पिरोल्छ । अल्जाइमर्स सोसाईटीका अनुसार विश्वभर अल्जाइमर रोगबाट पीडित दुई तिहाइ महिला छन्।महिलालाई नै यो रोगले बढी किन सताउँछ त ?महिलाहरूको प्रतिरक्षा प्रतिक्रिया, हर्मोनल चक्र र अन्य धेरै कारकहरूमा पुरुषको भन्दा बढी भिन्न हुने भएकोले केही स्नायु सम्बन्धी रोगको उच्च जोखिम पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । ती रोग मध्ये एक हो, अल्जाइमर ।हर्मोनल परिवर्तन प्रमुख कारकपुरुषको तुलनामा महिलाहरू हर्मोनल परिवर्तनको लागि बढी संवेदनशील हुन्छन्। हर्मोनल उतारचढावले स्नायु सम्बन्धी समस्यालाई बढावा दिन्छ। महिलाहरूमा एस्ट्रोजेन हर्मोनको स्तर धेरै पटक परिवर्तन हुन्छ । जुन भविष्यमा अल्जाइमरको कारक बन्न सक्छ ।उदाहरणका लागि महिनावारी, गर्भावस्था वा रजोनिवृत्तिको समयमा। यही धेरै उतार चढावले पनि स्नायुको काम गर्ने प्रणाली असर पार्छ । महिलाको यौन तथा प्रजनन विकासमा एस्ट्रोजेन हर्मोनले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले मस्तिष्क, हड्डी, छाला, कपाल र अन्य अंगहरूलाई पनि असर गर्छ ।विशेषगरी ५० देखि ५५ वर्षको उमेरमा महिलामा हुने रजोनिवृत्ति पछि स्नायु समस्याहरू हुन सक्छन । किनभने एस्ट्रोजेन हार्मोनले शरीरलाई अल्जाइमर रोगको प्रभावबाट बचाउँछ ।यद्यपि, रजोनिवृत्ति पछि एस्ट्रोजनको स्तर घट्ने कारणले पुरुषहरूको तुलनामा महिलाहरूमा यो रोगको जोखिम बढी हुन्छ। डिप्रेसन, खानपान गतिलो नहुनु र अनिद्राको उच्च दरले यो बढ्दो जोखिममा योगदान पुर्याउँछ।अर्को कारण भनेको उमेर पनि हो । जति उमेर बढ्दै गयो । त्यति हाम्रो शरीरको अंग र त्यसले काम गर्ने क्षमता गुमाउँछ । यस्तोमा पुरुषको दाँजोमा महिलाहरूको आयु लामो हुन्छ । लामो आयु हुने बित्तिकै वृद्ध उमेरमा अल्जाइमर्स हुने सम्भावना बढी हुन्छ ।अल्जाइमर्स रोग देखा परेमा यसको लक्षणलाई नियन्त्रण मात्र गर्न सकिन्छ । किनकि विज्ञानले यो समस्याको उपचार पत्ता लगाइसकेको छैन ।नियन्त्रण कसरी हुन्छ ?अल्जाइमर जस्ता स्नायु रोगको व्यवस्थापनको लागि सन्तुलित आहार सेवन गर्नु सबैभन्दा महत्त्वपूर्ण छ। पातदार तरकारी, माछा मासु, बदाम र एन्टिअक्सिडेन्टले भरिपूर्ण खानेकुराहरू बढी खानुपर्छ ।लक्षण नियन्त्रण गर्ने औषधि नछुटाइ खानुपर्छ। यसबाहेक शारीरिक गतिविधि भइरहनु पर्छ । त्यसको लागि हल्का खालका व्यायाम, नियमित योग गर्ने बानी विकास गर्नु पर्छ । यसले मस्तिष्कमा रक्तसञ्चार सुधार गरी यो समस्याको लक्षणमा सुधार ल्याउँछ ।व्यायामले रोग नभएकाहरुलाई पनि स्नायु सम्बन्धी रोगको जोखिम कम गर्न मद्दत गछ । तनाव व्यवस्थापन, पर्याप्त निद्रा, दिर्घ रोग मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा हुन पनि आवश्यक छ।मदिराले पनि यो रोगको जोखिमलाई बढावा दिने हुँदा यसबाट सकेसम्म टाढा बस्नु उचित हुन्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments