धरानमा साथीलाई खुकुरी प्रहार: ५ जना पक्राऊ
- माघ ७, २०८१ २२:३६ मा प्रकाशित

धरान : साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। गत शनिवार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो। पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन्। उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।शनिवार विहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। प्रतिष्ठानले तत्कालै विराटनगरस्थित विराट नर्सिङ अस्पताल रेफर गरेको थियो। राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेको पाँचैजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments