पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा
- माघ ३, २०८१ १३:४३ मा प्रकाशित

विज्ञहरूका अनुसार पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा छ। सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा ५२० वर्षदेखि महाभूकम्प नभएको र जमिनमुनि ऊर्जा सञ्चित भएकाले ८ म्याग्निच्यूडभन्दा ठूलो भूकम्प आउने खतरा रहेको छ।
पछिल्लो दुई वर्षमा मात्रै पश्चिम नेपालमा ४ म्याग्निच्यूड माथिका ७७ भूकम्प गइसकेका छन्। भूकम्पविद्हरूले साना भूकम्पले ठूलो भूकम्पको जोखिम घटाउन नसक्ने बताएका छन्। चुरे क्षेत्रलाई विशेष जोखिमयुक्त मानिएको छ, जहाँ भूकम्पबाट ठूलो क्षति हुन सक्ने संभावना छ।भूकम्पविद्हरूका अनुसार १ रेक्टर स्केलको भिन्नताले भूकम्पको शक्तिमा ३२ गुणा फरक पार्छ। उदाहरणका लागि, ५ म्याग्निच्यूडको भूकम्पभन्दा ६ म्याग्निच्यूडको लागि ३२ गुणा बढी ऊर्जा चाहिन्छ। ७ म्याग्निच्यूडको भूकम्प ५ को तुलनामा १,००० गुणा शक्तिशाली हुन्छ।
दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’मा ठोक्किन खोज्दै गर्दा नेपाल भूकम्पको उच्च जोखिममा परेको हो। भूगर्भमा सञ्चित ऊर्जा जति बढी समयसम्म रहन्छ, भूकम्प त्यति नै शक्तिशाली हुन्छ। पश्चिम नेपालमा ऊर्जा सञ्चित भएकाले भविष्यमा ठूलो भूकम्पको संभावना अधिक छ। विज्ञहरूले समयमै सतर्कता अपनाउन सुझाव दिएका छन्।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments