राई समुदायको परम्परागत संस्कृतिमा (Dendrobium aphyllum) डेन्ड्रोबियम अफाइलमको महत्त्व
- बैशाख १२, २०८२ २२:१६ मा प्रकाशित

“सजावट मात्र होइन, संरक्षणको चिन्ता: (Dendrobium aphyllum) सुनगाभाको कथा”
खोटाङ, नेपाल – खोटाङ जिल्लाका राई समुदायमा परम्परागत संस्कार तथा धार्मिक अनुष्ठानमा प्रयोग गरिने महत्त्वपूर्ण वनस्पतिहरूमध्ये डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पनि एक हो । यस वनस्पति विश्वब्यापी रूपमा सबैभन्दा बढी २५,००० देखि ३५,०००० फूल फूल्ने प्रजातीमा पर्दछ । यस वनस्पतिको अंग्रेजी नाम होडेड अर्किड (Hooded orchid) पनि हो । यस वनस्पतिको अंग्रेजी नाम (Hooded orchid) लाई नेपालीमा अनुवाद गर्दा कानेटोपी बनावटको सुनगाभा भनिन्छ (Mr. Lal Prasad Ghimire, Lecturer, English) ।
यो एक प्रकारको एपिफाइटिक सुनाखरी वा सुनगाभा हो, जुन रूखका हाँगामा टाँसिएर वृद्धि गर्दछ । एपिफाइटिक वनस्पति भन्नाले कुनै पनि रूखका हाँगामा टाँसिएर वृद्धि गरेता पनि त्यस रूखका पोषण तत्व प्रयोग गर्दैन तर यस वनस्पतिको जीवन चक्र पूरा गर्नको लागि (Host plant) रूखका हाँगामा टाँसिने गर्छ ।
यो सुनगाभा समुद्र सतहको २०० मि. देखि १८०० मि. सम्म पाइएको तथ्यहरू छन् । यस सुनगाभा फूल फूल्ने समय चैत्र तेस्रो हप्ताबाट फूल फूल्न सुरू भइ जेष्ठ दोस्रो हप्ता सम्म फूल्ने गर्छ । यस प्रजातीहरू IUCN (International Union Conservation of Nature) मा कम चिन्ता जनक वनस्पतिको रुपमा सुचीकृत गारिएको छ ।




राई समुदायको विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा यसलाई पवित्र मानिन्छ । विशेष गरी, जीवन चक्रसँग सम्बन्धित अनुष्ठानहरूमा यसको उपयोग गरिन्छ । विवाह, जन्म तथा मृत्युसम्बन्धी संस्कारमा समेत यस वनस्पतिको प्रयोग गरिन्छ । जस्तै, विवाहको समयमा केटी माग्न जाँदा यो सुनगाभाको प्रयोग गरिन्छ ।
स्थानीय चन्द्रकला राई “यस सुनगाभाको बोट भित्रको रेसाबाटो परम्परागत रुमालमा झुन्ड्याउने फुर्का पनि बनाउने गरिन्छ, जसले गर्दा रुमाललाई आकर्षक बनाउँछ । यस फूललाई थुलुङ राई भाषामा ओमृ बुङ्ग भनिन्छ । ओमृ भनेको सुनगाभा र बुङ्ग भनेको फूल हो” ।
स्थानीय बुढापाकाका अनुसार, डेन्ड्रोबियम अफाइलमलाई शुभ चिन्ह मानिन्छ र यसलाई देवताको आशीर्वाद प्राप्त गर्ने साधनका रूपमा लिइन्छ । साथै, यसको औषधीय गुणले महत्त्व पनि रहेको विश्वास गरिन्छ जस्तै; पाँच औँले, जट्टामसी । पारम्परिक ज्ञान अनुसार, यस वनस्पतिलाई केही प्रकारका रोगहरूको उपचारमा समेत प्रयोग गरिन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments