लगानी सम्मेलन सम्पन्न : १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता

- 2019 March 30 मा प्रकाशित

लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो ।

शनिबार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ।

शनिबारै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रोलाई लगानी गर्न एसबीआई बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्।

हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।

समझदारीहरु

१) चौधरी ग्रुप र सराफ ग्रुपबीच मल्टी-मोडल लजिष्टिक पार्कको लागि जेभीए सम्झौता

२) चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाको लागि जेभीए

३) सीजी लाइफसेल र टर्कसेलबीच फाइभजी मोबाइल नेटवर्क सेवाको लागि जेभीए

४) प्रदेश २ मा २ सय मेगावाटको ऊर्जा प्लान्ट राख्न सीजी इन्फ्रास्टक्चर र प्रदेश २ बीच समझदारी

५) अरुण तेस्रोमा लगानी गर्न एसबीआई बैंक, एभरेष्ट बैंक, नविल बैंक र सतजलबीच समझदारी ।

६) सिन्हुवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांगाई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी ।

७) नेपाल लगानी बोर्ड, अन्तर्राष्ट्रिय वित्त निगम -आईएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सीमरामा विशेष आर्थिक क्षेत्र निर्माणको लागि समझदारी ।

८) सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बुटिङ भिलेज निर्माणको लागि समझदारी

९) एनआरएन र उद्योग विभागबीच १० अर्बको पूर्वाधार कोष स्थापना गर्ने समझदारी ।

१०) नेशनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच अन्नबाली भण्डारण केन्द्र स्थापनाको समझदारी ।

११) नेपाल निर्माण व्यवसायी एसोसिएसन र म्यानमारको निर्माण व्यवसायी एसोसिएसनबीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । म्यानमारबाट नेपालमा आउने हाउजिङ, ऊर्जा, होटलजस्ता क्षेत्रमा हुने लगानीमा सहजीकरण गर्ने ।

१२) २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी घोषणा ।

१३) भारतीय मुतुथ ग्रुपद्वारा नेपालको यूनाइटेड फाइनान्समा करिब ४० करोड रुपैयाँ लगानीको घोषणा ।

१४) लगानी बोर्ड र दक्षिण अपि|mकी लगानी बोर्डबीच आपसी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर

१५) अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीबीच नेपलमा ऊर्जा विकासको लागि १ खर्ब ७५ अर्ब पाउण्डको समझदारी
समाचार स्रोत :- कान्तिपुर