अगस्त ४, अन्तर्राष्ट्रिय ध्वाँसे चितुवा दिवस

- 2024 August 5 मा प्रकाशित

अगस्ट ४ अर्थात अन्तराष्ट्रिय ध्वाँसे चितुवा दिवस जुन ध्वाँसे चितुवा आज लोप हुने अवस्थामा रहेको छ जसको संरक्षण गर्नु आजको युगको आवश्यकता हो। नेपाल लगायत भुटान, दक्षिण चीन, भारत र म्यानमारका केही भूभागमा मात्रमा पाइने एक बिरालो प्रजातिको जनावर हो । यसलाई IUCN ले सन् २००८ मा “लोपोन्मुख/असुरक्षित” (Vulnerable) स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसङ्ख्याको करिब ३०० देखि ५०० सम्म रहेको आशंका गरिएको छ, जसको जनसङ्ख्या प्रवृत्ति घट्दो अवस्थामा रहेको छ ।

यसकै संरक्षण र संवर्द्धनका लागि दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यापन गराउनु हुने शिक्षक, अनुसन्धानकर्ता तथा प्रकृतिसँग रम्न-रमाउन चाहने कुशल व्यक्तित्त्व श्री शुसिल चन्द्र राईले दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय ध्वाँसे चितुवा दिवस मनाईएको छ ।


उक्त कार्यक्रमको पहिलो चरणमा मा उहाँले ध्वाँसे चितुवाको परिचय, बासस्थान, खाना, तथा लोप हुने कारण, संरक्षण गर्नुपर्ने कारण लगायत विभिन्न विषयमा प्रस्तुतिकरण दिनु भएको हो ।
कार्यक्रमको दोश्रो चरणमा उहाँले ध्वाँसे चितुवाको विभिन्न तस्बिरमा रङ्गरोगन गर्ने कार्यक्रम रहेको थियो भने चितुवाको सरंक्षणको लागि भनाईहरु लेखी व्यवहारमा पनि उतार्नको लागि विद्यार्थीलाई निर्देशन प्रदान गर्नु भयो ।

अनुसन्धानकर्ता श्री शुसिल चन्द्र राई

1. Nepal Student Association Of Microbiology – NSAM
2. Research Association Hattisar-RAH
3. Nature Conservation and Study Center – NCSC

मा आवद्ध हुनुहुन्छ । र प्रकृति संरक्षण र बचाउको लागि अग्रसर भएर अगाडि बढिरहनु भएको छ ।