दिक्तेल बोर्डिङमा तेक्वान्दोको पहिलो अपग्रेडिङ परीक्षा सम्पन्न

- 2024 August 2 मा प्रकाशित

टेक सुवेदीः खोटाङ – खोटाङ जिल्लाकै एक उत्कृष्ट विद्यालय दिक्तेल अङ्ग्रेजी आवासिय मा. वि. को इतिहासमै पहिलो पटक सञ्चालन भइरहेको तेक्वान्दो प्रशिक्षण कक्षाको पहिलो चरणको अपग्रेडिङ परीक्षा सम्पन्न भएको छ । उक्त तेक्वान्दो प्रशिक्षण कक्षा वि. सं. २०८१ बैशाख १० गतेबाट सञ्चालन गरिएको हो । हरेक तिन-तिन महिनामा हुने अपग्रेडिङ परीक्षा प्रणाली अनुसार आज श्रावण १८ गते अपग्रेडिङ परीक्षा सञ्चालन भएको हो । परीक्षामा सम्मिलित ४२ जना परीक्षार्थी मध्ये ३८ जनाको सिङ्गल प्रोमोट (White to Yellow) र ४ जनाको डबल प्रोमोट (White to Half Green) भएको तेक्वान्दो प्रशिक्षक मोहन राईले जानकारी दिनु भयो । प्रशिक्षार्थी भाईबहिनीहरुले तिन महिना सम्म सिकेका पुङ्से, स्पाइरिङ लगायतका विभिन्न विधामा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्नुहुँदै मुख्य प्रशिक्षक राईले स्वस्थ र उर्जावान रहनको लागि जङ्कफुड सेवन गर्न पूर्णरुपमा बन्द गरिनु पर्ने र अबको दिनमा कडा मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिनु भयो । साथै सिङ्गल तथा डबल प्रोमोट हुनुहुने प्रशिक्षार्थी भाईबहिनीहरुलाई बधाई तथा सफलताको शुभकामनाका साथ खेल बाटै नाम दाम मात्र नभई ठुलो भविष्य निर्धारण र योग्यता, क्षमता निर्माण गर्नुपर्ने सल्लाह दिँदै विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले विद्यालयले आवश्यक विभिन्न सामग्री निःशुल्क प्रदान गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो । र नयाँ कक्षा भाद्र १ देखि पुनः सञ्चालन गरिने पनि जानकारी दिनु भयो ।

फोटोहरुः