टाप्टिङमा पहिलो पटक अरनिको बस आउँदा गाउँलेहरु खुशीले गदगद ।

- 2024 February 5 मा प्रकाशित

सोलुखुम्बुको  माघ २२ 

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङमा पहिलो पटक बस आएपछि वडा बासीहरु खुशीले गदगद भएका छन।

गाउँमा पहिलो पटक बस आउँदा केटाकेटी देखि वृद्धअवस्थाका मानिसहरुमा  खुसी छाएको हो। हाल सो वडामा सडक  जन्तरधाप देखि लुम्सा,जुके र दिमिल सम्मनै चौडा गर्ने,ग्राबेल भर्ने सोलिङ गर्ने पुल बनाउने  काम तीब्ररुपमा भएकोले बाटो राम्रो र फराकिलो भय संगै  सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० मा जन्मनु भएको Aktivferien Nepal का M.D. श्री मिङमार शेर्पाले उहाँको बिदेशी पाउनाहरु अरनिको बसमा काठमाडौ सम्म पुर्याउन सो बस गाउँ सम्म आएकोको हो। बस आए संगै गाउँलेहरुले एक कार्यक्रम गरि बिदेशी पाउनाहरु लगायत बसको स्वागत कार्यक्रम समेत आयोजना गरेका थिए ।