टाप्टीङ घट्टेखोलामा मेयर नाम्गेल जाङबु शेर्पा द्वारा पुलको शिलान्यास

- 2023 December 26 मा प्रकाशित

सोलुखुम्बु पुस १०

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा लुम्सा जुके र दिमिल जाने बाटोमा  रहेको  घट्टेखोलामा पुल निर्माण हुने भएको छ।

उत्त पुल निर्माणका लागि Aktivferien Nepal का मेनेजर जर्मनी मिङमार शेर्पाको बिशेश अगुवाइमा स्विस दातृ निकायको करिब  ५०,०००००/- (पचास लाख) बराबरको रकममा निर्माण हुन लागेको हो।

 आज सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र Aktivferien Nepal का मेनेजर जर्मनी मिङमार शेर्पाले सो पुलको शिलान्यास गर्नु भएको छ। सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई समेतको उपस्थितिमा भएको थियो। 

घट्टेखोलामा पुल नहुदा सवारी आवतजावतमा निकै  समस्या भएको र पुल निर्माण पछि धेरैनै सुबिधा हुने सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० वडा अध्यक्ष होम बहादुर मगरले बताउनु भएको छ।

https://www.youtube.com/live/4TkFaxVK5Lc?si=OxehG88wnCKVp1FE