अहिले भइरहेको चुनावमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुन्ड न. पा. को १० नं वडा टाप्टिङ मा नेपाली कांग्रेसका उम्मेदवार होम बहादुर मगर भारी मतका साथ विजयी भएका छन् । उनले ३२८ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । यसका साथै नगरपालिकाको वडा नं ११ तिङला र वडा नाम २ बेनीमा पनि काँग्रेसले नै वडाध्यक्ष हात पारेको छ । मेयर पदमा पनि नाम्गेल जाङबु शेर्पा नै अगाडि रहेका छन् ।