बिप्लपलाई हतियार बुझाउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम

- 2019 March 26 मा प्रकाशित

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई यही महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दल बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘उहाँहरु सहमतिमा आए ठीकै छ। नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छु प्रधानमन्त्री ओलीले भने, विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै।

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत प्रधानमन्त्री ओलीले संसदलाई निर्देशन दिएका छन्। तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस्। सरकारले गरेका कामको प्रचार गर्नुहोस्। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस्। सत्य कुरा भन्नुहोस्। जनताका कुरा सुन्नुहोस्। आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्ु ओलीले सांसदलाई भने,जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस्।

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकाले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको समेत उनले दाबी गरे। देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ, समृद्धि सहितका सुखी नेपालीु प्रधानमन्त्री ओलीले भने,यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ। संसदको हिउँदे अधिवेशन आइतबार सकिएको थियो । हिउँदे अधिवेशन सकेर निर्वाचन क्षेत्र फर्किन लागेका सांसदहरूलाई निर्देशन र सुझाव दिन आज संसदीय दलको बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् । चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए । प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै विप्लवलाई भनेका छन्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।