•  २६ बैशाख २०८२, शुक्रबार

दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न

- बैशाख २१, २०८२ २३:२९ मा प्रकाशित


डिक्तेल बोर्डिङ मा ‘भ्यागुतालाई बचाऔँ सप्ताह’ को अन्तिम दिन विभिन्न रचनात्मक तथा शैक्षिक गतिविधिहरूको साथ सम्पन्न गरिएको छ । कार्यक्रमको उद्देश्य भ्यागुता संरक्षणबारे जनचेतना फैलाउने रहेको थियो ।

Diktel English Secondary Boarding School (DESBS) marked the final day of Save the Frog Week with various engaging and educational activities, aimed at raising awareness about frog conservation.

कार्यक्रमको क्रममा शिक्षक तथा विद्यार्थीहरूले जानकारीमूलक पोस्टर प्रस्तुति दिएका थिए । टेक बहादुर खत्रीले ‘भ्यागुताको जीवन चक्र विषयमा प्रस्तुति दिनुभयो भने सुसिल चन्द्र राईले ‘भ्यागुताको महत्व र यसको संरक्षण किन आवश्यक छ भन्ने विषयमा प्रभावकारी प्रस्तुति दिनुभयो । उहाँहरूको प्रस्तुति मार्फत विद्यार्थीहरूले जैविक सन्तुलनमा भ्यागुताको भूमिका बुझ्न सकेका थिए ।

The event featured informative poster presentations by students and teachers. Tek Bahadur Khatri presented on the Life Cycle of a Frog, while Sushil Chandra Rai explained the importance of frogs and why they should be protected. Their presentations helped highlight the crucial role frogs play in maintaining ecological balance.

साथै, विद्यार्थीहरूले भ्यागुताको स्केच बनाउने, रंग भर्ने, अनुहार रंग्याउने जस्ता रचनात्मक गतिविधिमा पनि उत्साहपूर्वक सहभागिता जनाए । ब्रिकेन राईसहित केही विद्यार्थीहरूले साथीहरूका अनुहारमा भ्यागुता सम्बन्धी चित्रहरू रंग्याउँदै वातावरण झनै आकर्षक बनाएका थिए ।

In addition, students enthusiastically took part in creative activities such as sketching frogs, coloring frog images, and participating in face painting. Briken Rai, along with several other students, painted the faces of fellow classmates with frog-themed designs, adding fun and excitement to the day.

कार्यक्रम सञ्चालनमा सहयोग प्रदान गर्नु भएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (NCSC) प्रति विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। वातावरण संरक्षणका क्षेत्रमा जागरूकता फैलाउने तथा प्रकृति बचाउने अभियानमा NCSC को भूमिका सराहनीय रहेको विद्यालयले जनाएको छ ।

The school extended heartfelt thanks to the Nature Conservation and Study Center (NCSC) for their valuable support. NCSC has been a key contributor in promoting nature conservation efforts, helping communities understand the importance of preserving biodiversity and protecting wildlife.

यसले विद्यार्थीहरूलाई प्रकृतिप्रति अझै सजग र संवेदनशील बनाउँदै भ्यागुता संरक्षण सप्ताह सफलतापूर्वक सम्पन्न भएको छ ।

The event had been concluded successfully by leaving students more aware and inspired to protect the natural world around them.

What’s your Reaction?
+1
0
+1
3
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर