तराईका पाँच स्थानको भिजिबिलिटी १०० मिटर, नेपालगन्ज र धनगढीको एकहजार माथि
- माघ ४, २०८१ १०:२९ मा प्रकाशित

काठमाडौं । नेपालको तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले अधिकांश स्थान ढाकेको छ । आज बिहान ५:४५ बजे संकलन गरिएको विवरणअनुसार, धनगढी र नेपालगन्जमा पारदर्शिता (भिजिबिलिटी) तुलनात्मक रूपमा राम्रो देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार धनगढीको भिजिबिलिटी १,५०० मिटर रहेको छ भने नेपालगन्जको १,२०० मिटर रहेको छ । तर, घोराही, भैरहवा, सिमरा, जनकपुर, र विराटनगरका क्षेत्रमा भिजिबिलिटी निकै कमजोर छ ।
यी स्थानहरूको पारदर्शिता केवल १०० मिटरमा सीमित रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन् ।उनका अनुसार, “पारदर्शिता १ किलोमिटरभन्दा कम भएमा कुहिरो र १ देखि ५ किलोमिटरसम्म भएमा हुस्सु मानिन्छ ।”
तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भइरहेको छ । यातायातमा समस्या सिर्जना भएको र मानिसहरूको दैनिक क्रियाकलापमा असर परिरहेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments