पूर्व राजा ज्ञानेन्द्र शाहा द्वारा नयाँ वर्ष २०७६ सालको आगमन संगै सम्पुर्ण नेपाली जनतामा शुभकामना

- 2019 April 13 मा प्रकाशित

काठमाडौ चैत ३०। पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान हुन र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । उहाँले सबैबाट विगतमा भएका कमी कमजोरी र गल्तीको आत्मसमीक्षा गर्न पनि आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

नयाँ बर्ष २०७६ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले भन्नु भएको छ ‘ अब केबल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन, जनताको घर दैलोमा पुग्दा जनताका अनगन्तिी समस्या र दुर्दान्त पीडा रहेको पाएको छौ, लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोििचत सुख र शान्ति प्राप्त गर्न नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने ? ’

पूर्व राजा शाहले स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने यो मुलुकलाइ सदा स्वाभिमान र गौरवशाली राख्न सबैले आफ्ना शास्वत आदर्शको ख्याल गर्न पनि आग्रह गर्नु भएको छ । उहाँले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको उल्लेख गर्दै देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका , न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्ने आफ्नो विश्वासलाई पुनः दोहो¥याउनु भएको छ ।

पूर्व राजा शाहले नयाँ बर्ष आरम्भ प्रहरमा नेपाल भित्र र विश्वका बिभिन्न भूभागमा रहेका बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको लागि हादिंक शुभकामना पनि व्यक्त गर्नु भएको उहाँको निजी सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।