विप्लव समूहको बन्द फिर्ता

- 2019 March 27 मा प्रकाशित

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही १६ गते गर्ने नेपाल बन्द फिर्ता लिएको छ।

नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको हो। अन्य पूर्व घोषित आन्दोलनका कार्यक्रम भने यथावत रहने नेकपाले जनाएको छ।