नेपाली सेनाको हेलिकप्टर मार्फत १५४ जना सुत्केरीको उद्धार ।

- 2024 July 18 मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले आर्थिक वर्ष २०८०–०८१ मा हेलिकप्टरमार्फत १५४ जना सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १५४ उडान मार्फत सुत्केरीको उद्धार गरिएको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

२०८० साउन भन्दा पछि उद्धार कार्यमा भएका उडानमध्ये ९० प्रतिशत गैरसैनिक उद्धार गर्न उडान हुने गरेको सेनाले जनाएको छ ।