खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

- 2024 July 16 मा प्रकाशित

खोटाङ, १ साउन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साउन १ गते भोजपुरबाट दिक्तेलतर्फबाट जाँदै गरेको प्रदेश २–०१–००१ स ९०१५ नम्बरको खाली ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा दुर्घटना हुँदा बाँझेच्यानडाँडा निवासी चालक जीवन देउजाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका सहचालक रोशन कट्वाल गम्भीर घाईत भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

स्रोत: Views of Nepal