सोलुदुधकुण्ड नगरपालिकाको वडा कार्यलयहरू र विधालयमा विधुतीय हाजिरी जडान

- 2019 May 30 मा प्रकाशित

सोलुदुधकुण्ड नगरपालिका वडा नं १० को कार्यलय र विधालयहरुमा विधुतीय हाजिर जडान ।
सोलुदुधकुन्ड नगरपालिका वडा नं १० को वडा कार्यलय र बिधालयहरुमा आज देखि विधुतीय हाजिर जडान गरिएको छ। वडाको १ लाख २० हजार रुपैयाँको बजेट बिनियोजनमा सो कार्यक्रम थालनी गरियको हो। आज श्री फतान्जे आधारभुत विधालय , दिमिल आधारभुत विधालय र टाप्टिङ १० नं वडा कार्यलयमा जडान गरिएको छ। सो हाजिर जडान पश्चात् सम्पुर्ण कार्यलयका कर्मचारीहरु नियमित हाजिर भइ कामकाज गर्ने सहज हुने वडा अध्यक्ष मिङमार छिरी शेर्पाले जानकारी दिनुभयो ।
विधुतीय हाजिर जडानको काम सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा जनकपुर सेक्युरिटि सिस्टमले सप्पन्न गरेको हो ।सो विधुुुुतीय हाजिरी जडानमको सहजीकरण सोलुदुधकुण्ड नगरपालिकाको सूचना प्रबिधि अधिकृत दापासा शेर्पाले गर्नु भएको थियो।