- 2021 May 22 मा प्रकाशित

सोलुखुम्बु जेठ ६
बिश्व महामारीको दोस्रो भेरियन्ट सहितको कोरोना भाईरस फैलिरहेको अवस्थामा सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका भित्र विभिन्न यातायात व्यावसायिहरुले काठमाडौ बाट रातारात मानिसहरू ओसारपसार गर्ने कार्य गरिरहेको र ओखलढुंगा जिल्ला र सोलुखुम्बु जिल्लाको सिमानामा रहेको जन्तरधापमा यात्रीहरु छोडीदिने र मनपरि रुपमा धेरै भन्दा धेरै भाडा असुल गर्ने पाईएको छ।यसरी रातारात मानिसहरू गाउँ प्रवेश गरेपछि गाउँमा झनै रोग संक्रमन हुने भन्दै सम्बन्धित निकायलाई सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टीङले ध्यानाकर्षण पत्र निकालेको छ।