थुलुङ दुधकोशीद्वारा आयोजित लोक सेवा एक महिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

- 2024 February 9 मा प्रकाशित

टेक सुवेदी:- सोलुखुम्बु: सोलुखुम्बु जिल्लाको एक नमुना गाउँपालिका थुलुङ दुधकोशी गाउँ पालिका द्वारा आयोजित लोक सेवा तथा शिक्षा सेवा लाई लक्षित गरी करिब एक महिना देखि संचालित अभिमुखीकरण कार्यक्रम आज एक कार्यक्रमका बीच समापन गरिएको छ । उक्त कार्यक्रममा बोल्नु हुँदै निमित्त प्रशासन प्रमुख खरिधन राईले परीक्षामा निरन्तर प्रयास गरिरहन सुझाव दिनु भएको छ भने असफल हुँदैमा अध्ययन नछाड्न पनि सुझाव दिनु भएको छ । उक्त कार्यक्रममा पालिका प्रवक्ता भोजराज कार्की तथा वडा नं ६ का वडाध्यक्ष महेन्द्रदिप राई ले प्रशिक्षार्थीलाई हौसला प्रदान गर्न प्रेरणादायी भनाई प्रस्तुत गर्नुभएको छ । साथै उक्त कार्यक्रमका सभाध्यक्ष तथा पालिका उप प्रमुख सविता राई ज्यूले हरेक युवा सबल र सक्षम उत्पादन गर्ने हेतुले यस्तै अन्य कार्यक्रम पनि संचालन भइसकेका र आगामी दिनमा पनि हुने प्रतिबद्धता जाहेर गर्नु भएको छ । भने दैनिक प्रशिक्षण कार्यक्रम बिहान र बेलुका करिब साठी जनाको उपस्थिति रहेको थियो । र प्रशिक्षार्थीले यो कार्यक्रम एकदमै उपलब्धिमूलक रहेको र अझै यस्तै कार्यक्रमको अपेक्षा राखेको पाइएको छ ।

यहाँ बाट उक्त कार्यक्रमको लाईभ हेर्न सकिन्छ

फोटो: