प्रणय दिवसको शुभकामना

- 2022 February 14 मा प्रकाशित

रोमका पादरी (चर्चहरूमा बिवाह गराईदिने ब्यक्ति) सेन्ट भ्यालेनटाईनलाई युद्धप्रेमी रोमन सम्राट क्लाउडियसले प्रेमकर्ताहरूको सहयोग गरेको अभियोगमा आजकै दिन मृत्युदण्ड दिएर मारिदिए । त्यसैले यो दिनलाई प्रेम दिवस अर्थात प्रणय दिवस भनेर मनाउदै आईएको छ ।

सम्राट चाहन्थे उमेर पुगेका हरेक युवा सेनामा भर्ती भएर युद्धमा सहभागी बनुन । तर बिवाह गरेका र प्रेममा परेकाहरू युद्धमा जान रुचाएनन । तब सम्राटले प्रेम र बिवाहमा प्रतिबन्ध लगाईदिए । तर भ्यालेनटाईनले उक्त प्रतिबन्धको प्रतिवाद गर्दै युवायुवतीको सामुहिक बिवाह गराईदिएका थिए ।

जसका कारण सम्राटको आदेशको उल्लंघन गरेका भ्यालेनटाईनलाई मृत्युदण्ड दिईएको हो । त्यो समय नै त्यस्तै थियो- युद्ध गर्ने अनि साम्राज्य बिस्तार गर्ने । यहा सम्राट पनि गलत थिएनन । तर आज दुनियाँले भ्यालेनटाईनलाई देवत्वकरण गर्यो र सम्राटलाई दानबका रुपमा ब्याख्या गरिदियो ।

तर प्रेम भन्ने कुरो दिवसका रुपमा मनाउने कुनै पर्व हैन । यो त हृदयबाट प्रकट हुने भावनात्मक अभिब्यक्ती हो- जो हरहमेशा उत्तिकै प्रगाण हुन आवस्यक छ ।

साभार – अनुज खड्का