सोलुखुम्बु : सोलुखुम्बुको प्रसिद्ध पर्यटकिय क्षेत्र पत्तालेमा नयाँ वर्षको आगमन संगै विभिन्न ठाउँवाट यहाँ बाट देखिने हजरौ हिमशृखला र विश्व प्रसिद्ध गौरिटाप मन्दिर दर्शन गर्न र विभिन्न रमणीय ठाउँहरु हेर्न आउनेहरुको लर्को लागेको छ।
यस गौरिटाप मन्दिरमा आज बैशाख १ गतेदेखी ४ गतेसम्म मेला लाग्ने सो मन्दिरको उपाध्यक्ष रामबहादुर मगरले जान्कारी दिनुभयो।
तेस्तै पत्ताले मात्र नभै आज सोलुखुम्बुको सल्लेरी फाप्लु रत्नाङ्गे डाडाँ सेलगुडी डाडाँमा पनि नयाँ वर्षको दिन घुम्नको लागि आउने हजारौको लर्को लागेको छ।
विशेष गरेर छिमेकी जिल्ला ओखलढुंगा खोटाङ,र काठमाडौ बाट सुमो रिजरब गरि ओखलढुंगा महोत्सव उद्घाटन गरि आज यस पत्ताले क्षेत्र भ्रमणमा आएको काठमाडौ दक्षिणकालि नगरपालिका बाट पाल्नु भएको रामहरी पन्तले बताउनु भयो।
यहाँ घुम्न आउदा एक वर्ष सम्मका दुख कष्टहरु भुलाउन यहाँको वातावरणले सहयोग गर्छ भने यहाँ आएर विभिन्न नयाँ खानाका परिकारहरु थेन्दुक,आलुको रोटि,आलुको रिल्दुक, डिढो लगाएतका परिकार खाएर रमाउने गर्छन्।