पहिरोको ढिस्काले अबरोध भएको सडक टाप्टीङ टोल सुधार समितिले खुलायो।

- 2024 July 15 मा प्रकाशित

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० को वडा कार्यलय देखि टाडपानी झाप्रे सडक बिचमा पर्ने धाराखोल्न्सामा गत हप्ता लगातार परेको पानीको कारण खसेको पहिरोको ढिस्काले अबरोध भएको सडक चार दिन पछी टाप्टीङ टोलसुधार समितिले आज बिहान खुलाएको छ।
वडा कार्यलय हुँदै टाडपानी झाप्रे जाने सडको बिचमा रहेको धारा खोल्सामा बर्षात समयमा गाडी तथा बाईकहरु आवतजावतमामा निकै समस्या भोग्नु परेको र यो बर्ष गत हप्ता लगातार असारे झरी पर्दा त्यहाँ पहिरोको कारण सो सडक अबरोध भएको थियो।
हिउँदमा पानीनै नहुने तर बर्षात समयमा सो खोल्सा खोलामा परिवर्तन हुँदा आवतजावतमा निकै समस्या भोग्नु परेको थियोे । आर्थिक वर्ष ८१/८२ मा भने यो समस्याको समाधान हुने भएको छ ।
यो खोल्सा खोलामा परिवर्तन हुने भएको र सवारी साधन आवतजावतमामा निकै कठिनाइ भए पछी यो आर्थिक बर्षमा भने हिम पाईप र ग्याभिङ वाल भरी समस्याको समाधान गर्न सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० ले बजेट बिनियोजन समेत गरि सकेको टाप्टीङ टोलसुधार समितीका अध्यक्ष सोनाम फुर्वा शेर्पाले जानकारी दिनुभएको छ।