सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना विरामी

- 2023 August 14 मा प्रकाशित

सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन् । बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ बागबानीका अन्दाजी ५५ वर्षीय शन्तविर तामाङ र उहाँका श्रीमती अन्दाजी ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आईतबार विहान अन्दाजी १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको बिषालु च्याउ पकाएर खाँदा तामाङ दम्पती सिकिस्त बनेका थिए ।
च्याउ खाएको केहि समयमै बान्ता हुने समस्या देखिएका तामाङ दम्पतीको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला पहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।