टाप्टीङमा सडक शिलान्यास तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

- 2023 August 6 मा प्रकाशित

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङमा लुम्सा,जुके र दिमिल सडकको शिलान्यास तथा सोलुदुधकुण्ड नगरपालिका १० नं. वडा कार्यालय टाप्टीङको आर्थिक वर्ष २०७९/ ८० को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
हिजो मिति २०८० श्रावण २० गते शनिबार संचालन भएको सो कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाले सो सडकको शिलान्यास गर्नु भएको थियो ।
कार्यक्रम नगर प्रमुख शेर्पाको प्रमुख अतिथि र सोलुदुधकुण्ड नगरपालिकाका नगर उप प्रमुख गान्धी माया तामाङको बिशेश उपस्थितमा सम्पन्न भएको थियो।
टाप्टिङमा सडकको राम्रो कार्य हुन लागेकोमा वडाबासीहरुले खुशी समेत व्यक्त गरेका थिए ।
सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको १० नं. वडा कार्यालयले गत आर्थिक बर्षको सार्वजनिक सुनुवाइ हुँदा झनै वडाबासीहरुमा खुशी छाएको छ।
वडाले आयोजना गरेको सो कार्यक्रममा जनप्रतिनिधि संग जनताको गुनासो कार्यक्रम समेत संचालन गरिएको थियो सो गुनासो कार्यक्रममा जनताले भाग लिई आफ्नो कुरा राख्न पाउँदा ज्यादै खुशी भएको र आगामी बर्षहरुमा समेत यस्तै कार्यक्रमको आशा वडावासीहरुले राखेको छन।