टाप्टीङमा १५ दिने अंग्रेजी भाषाको कक्षा संचालन आज सम्पन्न भएको छ

- 2023 July 21 मा प्रकाशित

सोलुखुम्बु श्रावण ५
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङमा होटल तथा पर्यटन क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुगोस् भनी संचालन गरिएको १५ दिने अङ्ग्रेजी भाषा कक्षा संचालन आज सम्पन्न भएको छ।
उक्त भाषाको कक्षा संचालन गर्नको लागि काठमाडौ किप नेपाल संस्था र सोलुदुधकुण्ड नगरपालिका १० नं. वडा कार्यलयको सहयोगमा संचालन भएको थियो ।
जस्मा सहभागीहुनु हुने सम्पुर्ण बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै यो छोटो अवधिमा पनि धेरै कुराहरु सिक्न सफल भएको र यो १५ दिने अङ्ग्रेजी भाषा कक्षा संचालन निकै प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु संचालन गर्ने वडा अध्यक्ष होम बहादुर मगरले बताउनु भयो। सो अङ्ग्रेजी भाषाको प्रशिक्षण तारा मगरले गर्नु भएको थियो । सिक्षण सिकाईमा मगरले निकै सहजै तरिकाले सहभागीहरुलाई शिक्षण गर्नु भएको र अब कुनै पनि विदेशी नागरिकहरु देखि लियर अन्य ब्याक्ती संग आफुलाई परेको बेलामा अरु बेला जस्तो अङ्ग्रेजी नबुझेर हाँसेरनै बस्नु नपर्ने अब हामी पनि धेरै कुरा बुझ्ने भयौ भन्दै विधार्थीहरुले अंग्रेजी भाषामानै मनमा लागेका कुराहरु राख्दै खुशी प्रकट गरेका छन।