आखिर के हो त भ्यालेन्टाइन?

- 2023 February 14 मा प्रकाशित

टेक सुवेदी (सङ्कलक) – वास्तवमा ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभूमी के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा ‘विल यु वि माई भ्यालेन्टाइन ?’ भनेर प्रस्ताव राखेको हामीले देख्दै र सुन्दै आएकै कुरा हो ।

तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने ‘भ्यालेन्टाइन’ को अर्थ ‘प्रेमी’  होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो । एक प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झानामा मनाउँछन्  ।

ईशा पूर्व (इ.पु.) २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवातीहरु निकै दुखी भए ।

‘भ्यालेन्टाइन डे’लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राटको निर्णयलाई धर्मविरुद्ध ठान्थे ।

सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । 

‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । 

तर पछिल्लो समय प्रणय दिवसको परिचय नै परिवर्तन भएको छ । प्रणय दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागि महङ्गा उपहार प्राप्त गर्ने विशेस अवसर बनेको छ ।