फूलको केसरी रंगले त्याग र माया मोहको दुरीलाई दर्शाउँछ।
सोलुखम्बु- घरमा होस् अथवा कार्यालयमा, सवारी साधनमा होस् अथवा मन्दिरमा, सयपत्री फूलले हरेक स्थानमा एउटा बेग्लै सम्मान पाउँछ। निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ। त्यसकारण फूल हामीहरु सबैलाई मनपर्छ, तिहार जस्तो विशेष चार्डमा त झनै सयपत्री फूलको विशेष महत्व हुन्छ। सयपत्री एक मात्र त्यस्तो फूल हो, जुन तिहारजस्तो चार्डपर्वमा मात्र होइन हरेक प्रकारका धार्मिक, सांस्कृतिक पर्वका साथै उत्सव र महोत्सवहरुमा समेत प्रयोग हुन्छ। सयपत्री फूल केवल पूजा गर्न मात्र होइन, सजावटको लागि पनि उत्तिकै प्रयोग गंरिन्छ। जसको कारण सयपत्री फूलको वर्णन गरेर सकिँदैन। त्यसैपनि धार्मिक–सामाजिक कार्यक्रमहरु, उत्सव तथा वैवाहिक समारोहहरुमा विभिन्न प्रकारका फूलहरुको आफ्नै महत्व हुन्छ। ती फूलहरुमध्ये सयपत्री फूलको एउटा बेग्लै स्थान छ । सयपत्री फूलको एउटा मुख्य विशेषता भनेको यो फूल विभिन्न रंगमा फुल्छ। जस्तै, पहेँलो, सुन्तले, रातो, कलेजी, केसरी तथा सेतो। यी सबै रंगका सयपत्री फूलहरुले प्रायः हरेक चार्डपर्वमा आफ्नो मनमोहक वासना फैलाइरहेको हुन्छ। फूल एक प्रतीक अनेकः सयपत्री फूलको बारेमा पुरानो कथन के छ भने यसले मनुष्यको अहंकारलाई कम गर्छ र फूलको केसरी रंगले त्याग र माया मोहको दुरीलाई दर्शाउँछ। यसबाहेक एउटै बिउमार्फत् धेरै वटा पत्रहरु एक–अर्कासँग जोडिएका कारण यो फूलको तुलनामा एउटा राम्रो नेतासँग पनि गरिन्छ। सयपत्रीफूलको एउटा रोचक कुरा के छ भने, जुन सयपत्रीको एउटा सानो पत्रबाट समेत उमार्न सकिन्छ। सयपत्रीलाई फूलको तुलना शरीरको आत्मासँग पनि गरिन्छ। जसरी आत्मा कहिले पनि मर्दैन, केवल शरीरमात्र परिवर्तन गर्छ। यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनेले घरमा नकारात्मकता रहन पाउँदैन। सयपत्री फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ। यसले के सन्देश दिन्छ भने तपाईं थाके पनि, निराश भए पनि आफ्नो धैर्यको बलमा आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्नुहुनेछ। उर्जा तथा प्रेरणाले भरिएको यो फूलको नौरंगी महत्वमा कम छैन।