मातृभूमि नेपालदेखि हज्जारौ माईल टाढा अमेरिका रहेपनि नेपाल र नेपालीको हरेक सुख-दु:खमा विगत लामो समयदेखी आफ्नो सामर्थ्यले भ्याएसम्म सारथी बन्दै आईरहेको र भविष्यमा पनि निरन्तरता दिईरहने मेरो सद्प्रयास भईरहनेछ। मनोरम प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता अनि अनुपम आतिथ्यता हाम्रो देशको पहिचान नै हो । विश्वकै सुन्दर देशको अग्रसूचीमा पर्ने हाम्रो देश नेपाल पर्यटकहरुको लागि प्राथमिक गन्तव्यको देश बन्न सक्ने कुरामा दुई मत छैन । हाल नेपाल सरकारले अत्यन्त महत्वका साथ् मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई हामी सबैले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग पुराउनु एक नेपाली हुनुको दायित्व र गर्वको विषय हो ।
म स्वयं एक पर्यटन व्यवसायी र पर्वतारोही भएसंगै अमेरिकाको सियाटल वाशिंगटन राज्यको लागि अवैतनिक दुत भएर काम गर्दै आएको परिप्रेक्ष्यमा ‘नेपाल भ्रमण वर्ष-२०२०’ को लागि मेरो क्षेत्रबाट सम्भव हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
“आर्थिक अनुशासन, पारदर्शिता र श्रोत विकासको लागि” मेरो उमेद्वारी ।
-आङ् छिरी (एसी) शेर्पा
सह-कोषाध्यक्षका उमेद्वार
एनआरएनए आईसीसी (२०१९-२०२१)
AC Sherpa को फेसबुक बाट जस्ताको तेस्तै साभार गरिएको । सफलताको शुभकामना ।