“यसरि हुन्छ दिक्तेल बोर्डिङमा राष्ट्रिय गीतको प्रस्तुति जहाँ विद्यार्थी आफैं गाउँछन्, आफैं बजाउँछन्”
- 2024 November 20 मा प्रकाशित
टेक बहादुर खत्री, खोटाङ: खोटाङ जिल्लाको प्रतिष्ठित दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, जसले आफ्नो स्थापना कालदेखि नै शिक्षाको क्षेत्रमा नेतृत्व गर्दै आएको छ, दैनिक शैक्षिक तथा सह-शैक्षिक गतिविधिहरूमा नयाँ अभ्यास सुरु गरेको छ ।
विद्यालयले राष्ट्रिय गानलाई हार्मोनियम, गिटार, मादल, क्याजन, खैँजडी जस्ता वाद्ययन्त्रहरूको साथमा प्रस्तुत गर्न थालेको छ। साथै, दैनिक तेक्वान्दो कक्षा र प्रत्येक शुक्रबार कम्तीमा १२ ओटा भाषासम्बन्धी साहित्य, संगीत, र खेलकुद गतिविधि सञ्चालन गर्दै विद्यार्थीहरूको बहुपक्षीय प्रतिभा विकासमा योगदान पुर्याइरहेको छ। विद्यालयले सांस्कृतिक, शारीरिक, र बौद्धिक क्षेत्रमा नयाँ दृष्टिकोणले नेतृत्व गरिरहेको छ ।