सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० मा रहेको ओङ्छु मेमोरियल अस्पतालमा मातृ सुरक्षा कार्यक्रम अन्तर्गत वडा नं. १० वडा कार्यलयलको योजना अनुरुप आज एक कार्यक्रम बिच विभिन्न कार्यक्रम गरि १३ जना सुत्केरी आमाहरूलाई १ कुरुवा घिउ र १ किरेट अण्डा वितरण गरिएको छ।
त्यसै गरि अन्य गर्भवती महिला र २ बर्ष भन्दामुनिको बब्चाहरुलाई समेत गरि जम्मा ८४ जनालाई भने १ किरेट अण्डाको दरले वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी नगर उप प्रमुख गान्धीमाया तामाङ र स्वास्थ्य इन्चार्ज चमर बहादुर मगरको समेत सहभागीतामा सम्पन्न भएको छ।
गर्भवती र सुत्केरीमहिलाहरुलाई आफ्नो स्वास्थ र शिशुको स्वास्थ्यमा शक्तिबर्दक खानेकुराले नवजात शिशु र आमाको स्वास्थ्यमा अब्बल शक्ति र विभिन्न रोगबाट बच्न र बचाउन सहयोग पुर्याउने अस्पताल स्रोतले जानकारी दिएको छ।