सोलुखुम्बु :कात्तिक १६
सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा आजभोलि विद्युतको राम्रो सुविधा नहुँदा कहिले काहीँ यहाँ रहेको वडा कार्यालयबाट सेवा ग्राहिलाई सेवा दिन कठिन भएको छ। आजभोलि हरेक कामहरू हस्तलिखित भन्दा पनि कम्प्युटरबाट गर्नु पर्ने र अन्लाईन मार्फत गर्नु पर्ने भएको हुँदा जुनसुकै कार्यालयहरुमा आजभोलि विद्युतको अति आवश्यक रहेको र यहाँ हालै संचालनमा आएको ओङ्छु मेमोरियल अस्पतालमा पनि विद्युतको अति आवस्यक रहेको भन्दै सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङ वडा कार्यालयले आफ्नो हरेक बस्ती टोल टोलमा गुणस्तरीय हाउस वोईरिङ गर्न अनुरोध गरेको छ साथै नेपाल विद्युत प्राधिकरण सल्लेरीलाई यथासिघ्र लाईन जडान गरि दिन समेत सिफारिस गरेको छ।